ब्याजदर घटाउन माग गर्दै पूर्वी क्षेत्रका उद्योगी व्यवसायी सडकमा
विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरु ब्याजदर घटाउन माग गर्दै सडकमा उत्रेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को अगुवाइमा यहाँका उद्योगी व्यवसायीहरु चर्को ब्याजदर तथा राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शनका विरुद्धमा सडकमा उत्रेका हुन् ।
प्रदेश १ का सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु सम्मेलित उद्योगी तथा व्यवसायीहरुको प्रतिनिधिमण्डलको जुलुुसले मंगलबार बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । मूल्यवृद्धि, वित्तीय क्षेत्रमा तरलताको चाप, कर्जा प्रवाह नहुनु र वित्तीय क्षेत्रले गरेको ब्याजदर वृद्धिले उद्योग व्यवसाय सञ्चालनका लागि कठिन बन्नपुगेको भन्दै महासंघले ज्ञापनपत्र बुझाएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पुँजी कर्जा मार्गदर्शन आजको विषम परिस्थितिमा उद्योग व्यवसायको प्रकृति नबुझी बैंकिङ क्षेत्रमा देखिएको अस्थिर अवस्थाका कारण उद्योगी व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउन समेत सम्बन्धित निकायको ध्यानाकर्षण ज्ञापनपत्रमा गरिएको छ ।
निक्षेप र कर्जाबीचको ब्याजदर अन्तरमा नियामक निकायले अधिकतम ४.४० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको भन्दै महासंघको प्रतिनिधि टोलीले बाह्य व्यावसायिक वातावरण सामान्य हुँदा निक्षेपको औसत ब्याजदर ४.७६ प्रतिशत रहेको समेत स्मरण गराएको छ । कर्जाको औसत ब्याजदर ८.४६ प्रतिशत कायम हुुनुपर्ने महासंघको ठहर छ । ब्याजदरमा भएको वृद्धिको अनुपातमा कर्जाको धेरै नै ब्याज बढाइएको उद्योगी व्यवसायीको भनाइ छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणअनुसार ६० हजार औद्योगिक प्रतिष्ठानमा ४० प्रतिशत मात्रै पूर्ण क्षमतामा सञ्चालनमा रहेको छ । वार्षिक सवा छ खर्ब लगानीमा उत्पादनशील औद्योगिक प्रतिष्ठानबाट आठ खर्ब ६१ अर्बको वस्तु उत्पादन भएको उद्योग वाणिज्य महासंघले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया