‘टिकाभैरव र लेले क्षेत्र व्यापारिक हब बन्न सक्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर राणाले कान्ति लोकपथ सडक राम्रो र कालोपत्रे गर्नसके टिकाभैरव र लेले क्षेत्र अर्को थानकोट, नारायणघाटजस्तै व्यापारिक हब बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।
ललितपुर क्षेत्र नं १ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेको नेता राणाले कान्ति लोकपथ सडक तराईसँग ललितपुर र काठमाडौं जोड्ने मेरुदण्ड भएको बताए । मंगलबार टिकाभैरवमा घरदैलो कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले कान्ति लोकपथ सडक निर्माण रोकिँदा सडक आसपासका जनताले सास्ती भोग्नुपरेको बताए । २०७४ सालपछि विकासभन्दा पनि विनाश बढी भएको भन्दै उनले आफूहरु जितेर गएपछि कान्ति लोकपथ सडकलाई प्राथमिकताका साथ विकास गर्ने प्रतिबद्धता जनाए । ‘यो सडक मात्रै नभएर यस क्षेत्रका सबै सडकको स्तरोन्नति र कालोपत्रे गर्ने कुरामा हामी प्रतिबद्ध छौँ’, उनले भने ।
त्यस्तै क्षेत्र नं १ प्रदेश सभा (ख) का साझा उम्मेदवार मीनकृष्ण महर्जनले ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रचुर सम्भावना बोकेको ललितपुरको विकास र निकासका लागि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूको जित अपरिहार्य भएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया