मेरो माइक्रोफाइनान्स १०औँ वर्षमा प्रवेश
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड दशौँ वर्षमा प्रवेश गरेको छ । स्थापनाको नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शनिबार एक अनौपचारिक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकहरूको अगाध माया, विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनीहरूको भरोसा तथा कर्मचारीको अतुलनीय योगदानले संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्सहरूमा अब्बल संस्थाको रूपमा स्थापित गर्न सफल रहेको बताए । संस्थाले नेपालको लघुवित्तको क्षेत्रमा एक ब्राण्ड कायम राख्न सफल रहेको समेत बताए ।
देशका गणनीय सातवटा वाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्तरूपमा प्रवर्द्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित संस्थाले ग्राहक सुहाउँदो विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ विनाधितो, सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरूका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैंकिङलगायतका सेवा प्रदान गरिरहेको छ ।
संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरूमा वित्तीय पहुँच पु-याएको संस्थाले नवौँ वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा एक सय ४९ शाखा सञ्जालमार्फत एक लाख ६१ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु-याउन सफल रहेको छ । त्यसैगरी हालसम्म तीन अर्ब ४५ करोड बराबर निक्षेप संकलन गरी १६ अर्ब रूपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ । संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा पर्नसक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र संस्थाले सांगठनिक संरचना, विभिन्न आठवटा विभाग र १५ वटा अनुगमन तथा असुली स्टेसनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल रहेको जानकारहरू बताउँछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया