पर्सामा फोहोर र अस्वस्थकर माछामासु खान बाध्य
वीरगञ्ज, फागुन २३
पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बजारहरूमा चौपाया पशु, कुखुराको मासु तथा माछा बिक्री वितरण गर्ने स्थानहरू व्यवस्थित नहुँदा ग्रामीण क्षेत्रका उपभोक्ताहरू फोहर र अस्वथकर माछामासु खान बाध्य भएका छन् । खुला अकाशमुनि सरसफाइ तथा न्यूनतम मापदण्डसमेत पालना नगरेको पसलहरूले ग्रामीण भेगमा माछामासुको बिक्री वितरण गर्दै आइरहेका छनन् । बाटो, चौर खोला नाला सबैतिर खसी, बोका, कुखुरा, बंगुरहरू काटेर बिक्री हुने गरेको छ । तर, स्थानीय निकाय र प्रहरी प्रसाशनले निगरानी गरेको छैन । मासु पसल बनाउँदा मार्वल लगाएको पक्की हुनुपर्ने, पसलमा प्रयोग हुने भाँडाकँुडा, पानी, मासु काट्ने औजारहरू सफालगायत फ्रिज पसलमा भएको हुनुपर्नेजस्ता मापडण्डहरू रहेका छन् ।
तर, न्यूनतम मापदण्डसमेत पूरा नगरी मासु पसल सञ्चालन भइरहेकको बालकुमार सहनीले बताए । उचित व्यवस्थापन र सम्बन्धित निकायको ढिलासुस्तीका कारण व्यापारीले समेत मापदण्ड पूरा नगरेको उपभोक्ता हित संरक्षणका जानकारहरूको भनाइ छ । ग्रामीण क्षेत्र जानकिटोला, भिस्वा, लंगडी, पोखरीया, महुवन, डकैला, पचरुखी, सेढ्वा, महादेवपट्टी, सुवर्णपुर, मानवा, रङ्गपुर, विजयबस्ती, ठोरीलगायतको हाटबजारमा समेत फोहर स्थानमा माछामासु बिक्री हुने गरेको छ । माछामासु व्यवस्थापनको लागि जिल्ला पशु कार्यालय विरगञ्ज र स्थानीय तहहरूमा व्यापकरूपमा कार्यक्रमको नाउँमा रकमको चलखेल भइरहेकोले स्थानीय तहले माछामासु बिक्री वितरणमा व्यवस्थापन गर्न नसकेको स्थानीयहरूको आरोप रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया