काठमाडौं । सिभिल बैंकले गो क्यासलेस अभियान सुरु गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर नेपालगञ्ज र जानकी गाउँपालिकामा ‘गो क्यासलेस’ अभियान सुरु गरेको जानकारी दिएको छ । बैंकका अनुसार अभियानको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमती देवी कठरियाले यसले सो क्षेत्रका जनतालाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न साक्षरता सिकाउने बताइन् ।
यसैगरी नेपालगञ्जको कार्यक्रम उद्घाटन गरेका नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले डिजिटल भुक्तानी प्रणालीले अब ग्राहकहरूलाई सुविधा दिनुका साथै सुरक्षा प्रदान गर्ने बताए । नगदरहित अभियानले दुर्गमदेखि प्रमुख सहरहरूसम्म ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरूलाई आबद्ध गरिसकेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत, विभिन्न व्यवसाय, संघ संस्थाका अध्यक्ष र बैंकका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया