Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने

मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने


काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १२ दशमलव ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १९ गते बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया