ज्योति विकास बैंकद्वारा अस्पताललाई बेबी वार्मर प्रदान
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका छवटा स्वास्थ्य केन्द्रहरूलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले फेटा स्वास्थ्य चौकी–बारा, खैरहनी नगर अस्पताल– चितवन, बघौडा अस्पताल–चितवन, हर्नैया स्वास्थ्य चौकी–रुपन्देही, सिसहनिया स्वास्थ्य चौकी–दाङ र दोधारा प्राथमिक स्वास्थ्य केन्द्र–कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।
अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट उक्त अस्पतालहरूका पदाधिकारीहरूलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो । साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो ।
बैंकले हाम्रो विकास प्रवर्द्धन कोषमार्फत न्यानो नानी परियोजना–३ अन्तर्गत हालसालै प्रदेश नं. १ का ३ अस्पतालहरू बाक्सिला स्वास्थ्य चौकी–खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल–इलामलाई एक–एक थान बेबी वार्मर प्रदान गरी तीनवटा बेबी वार्मर प्रदान गरिसकेको छ । ज्योति विकास बैंकले डा. महाविर पुनद्वारा प्रर्वधित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा हालसम्म देशका ३२ विभिन्न अस्पतालहरूलाई बेबी वार्मर प्रदान गरिसकेको छ । बैंकले हाल एक सय २० वटा शाखा कार्यालय, तीनवटा विस्तारित काउन्टर तथा ७३ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया