गरिमा विकास बैंकको विदेशी मुद्रा विनिमयसम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरू तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरू गरी एक सय १० जनाभन्दा बढीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लण्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरणलगायतका समसामयिक विषयहरूमा बृहत् छलफल तथा प्रशिक्षण सम्पन्न भएको बताइएको छ । सो अवसरमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिको बारेमा भनाइ राखेका थिए ।
हाल, गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापोखरीलगायतका शाखाहरूबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया