Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारछिमेक लघुवित्तको ‘छिमेक मोबाइल बैंकिङ एप’

छिमेक लघुवित्तको ‘छिमेक मोबाइल बैंकिङ एप’


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गरेका हुन् ।

आफ्ना ग्राहकलाई प्रविधि प्रयोगमार्फत सुलभ र सहज सेवा प्रदान गर्न एप सञ्चालनमा ल्याइएको लघुवित्तले जनाएको छ । एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, बिजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्नेलगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यो एप मोबाइल फाइनान्स टेक्नोलोजी प्रालिले विकास गरेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एपबराबरकै फिचरहरू रहेका छन् । समाज र समय बिस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामीण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने बताए ।

सन् २००१ मा स्थापित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालका ६९ जिल्लाका आफ्ना एक सय ९५ शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । लघुवित्तका अनुसार चार लाखभन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म वित्तीय पहुँच पु¥याएको छ भने एक करोड रूपैयाँको सानो चुक्ता पुँजीबाट सुरु भएको मूल कोषको करिब एक सय ८० गुणा आकारमा वृद्धि भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया