आयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था खारेज
‘अब कुनै पनि प्रकारको वस्तु आयातमा नगद मार्जिन राख्नुपर्दैन’
काठमाडौं,नेपाल राष्ट्र बैंकले नगद मार्जिनसम्बन्धी व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले बिहीबार विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका क वर्गका वाणिज्य बैंक र ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै मार्जिन लिई प्रतीतपत्रमार्फत आयात गर्नुपर्ने व्यवस्था खारेज गरेको हो ।
विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि एक वर्षअघि राष्ट्र बैंकले विदेशबाट सामान आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । यो व्यवस्थाका कारण आयातमा समस्या उत्पन्न भएको भन्दै उद्योगी व्यवसायीहरुलाई यसको विरोध गर्दै आएका थिए । पछिल्लो समय भने अन्तर्राष्ट्रिय मुद्रा कोष समेतले आयातमा नगद मार्जिनसम्बन्धी व्यवस्था अव्यावहारिक रहेको भन्दै यस्तो व्यवस्था हटाउन ताकेता गर्दै आएको थियो । तर पछिल्लो समयमा विदेशी मुद्राको सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गरी आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था पूर्णरुपमा खारेज गरेको हो ।
मार्जिन लिई प्रतीतपत्रमार्फत आयात गर्र्नुपर्ने व्यवस्था खारेजसम्बन्धी परिपत्रमार्फत राष्ट्र बैंकले भनेको छ, ‘राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०५८ को नगद मार्जिनसम्बन्धी बुँदाहरुलाई खारेज गरिएको हुंँदा सोहीबमोजिम गर्नु गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ । यसअघि भने राष्ट्र बैंकले झण्डै तीन सयभन्दा बढी प्रकारका वस्तुहरुको आयातमा ५० देखि शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
जसले गर्दा ती वस्तुहरुको आयात पूर्णरुपमा प्रभावित भएको थियो । जसका कारण महंगो मूल्यका सवारी साधन, विदेशी रक्सी, मोबाइल आदिको आयात पूर्णरुपमा प्रभावित भएको थियो । राष्ट्र बैंकले झण्डै एक वर्षअघि ल्याएको आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले गर्दा अटोमोबाइल क्षेत्र धराशायी भएको भन्दै यो क्षेत्रले उक्त व्यवस्था खारेजीको माग गर्दै खुलेर राष्ट्र बैंकको विरोध गर्दै आएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ताजा अपडेट
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया