सातामा आठ अर्ब २४ करोड २२ लाख ७३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री
काठमाडौं । यससाता सेयर बजार परिसूचक दुई हजार ७० दशमलव ४१ बिन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९६ दशमलव ४४ बिन्दुमा सीमित हुनपुगेको छ । यससाता धितोपत्र बजारमा दुुई सय ५६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ५६ हजार छ सय ६८ पटकको कारोबारमा दुई करोड २३ लाख ८८ हजार तीन सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब २५ करोड २२ लाख ७३ हजार चार सय ८४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै चार अर्ब रुपैयाँले कम हो ।
गतसाता भने धितोपत्र बजारमा दुई सय ६० वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार दुई लाख २० हजार १२ पटकको कारोबारमा तीन करोड ४६ लाख १३ हजार दुई सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब ५२ करोड २१ लाख ७९ हजार तीन सय ९४ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो पहिलो, तेस्रो, चौथो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो दिन नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
पहिलो दिन बजार परिसुचक ६० दशमलव ७७ अंकले ओरालो लागेर दुई हजार एक सय २१ दशमलव ८६ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि १० दशमलव ९९ अंकले ओरालो लागेर चार सय चार दशमलव ४३ बिन्दुमा झरेको थियो । तेस्रो दिन बजार परिसूचक पुन १६ दशमलव ४० अंकले ओरालो लागेर दुई हजार एक सय पाँच दशमलव ४६ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ पनि दुई दशमलव ७४ अंकले ओरालो लागेर चार सय एक दशमलव ६९ बिन्दुमा झरेको थियोे ।
चौथो कारोबार दिन पनि बजार परिसूचक १३ दशमलव ९० अंकले ओरालो लागेर दुई हजार ९१ दशमलव ५६ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले ओरालो लागेर चार सय दशमलव १४ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन पनि बजार परिसूचक २१ दशमलव १५ अंकले ओरालो लागेर दुई हजार ७० दशमलव ४१ बिन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७० अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ४४ बिन्दुमा झरेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेशनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया