डायलासिस सेवाका लागि बिरामीलाई सास्ती
भालुवाङ । घोराही उपमहानगरपालिका–१४ का शम्भुरत्न घिमिरेको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँ डायलासिस गराउँदै आएका छन् । उनी मानसिक तनावमा छन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, लमहीस्थित डायलाइसिस सेवा बन्दको सूचना प्रकाशित भएपछि घिमिरे थप चिन्तित बनेका छन् । उनले यहाँ दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए ।
“डायलासिस सेवा बन्द हुने खबरले चिन्तित बनाएको छ, अब कहाँ गएर उपचार गर्ने ?”, घिमिरेले भने, “सरकारले हाम्रो उपचारको पहल गरिदिनु पर्छ ।”
यस्तै महेन्द्रनगरबाट मिर्गौलाको डायलासिस गराउन दाङको लमही आएकी ४२ वर्षीया वसन्ता केसी उक्त सेवा बन्द हुने सुनेपछि चिन्तित छिन् । उनले भनिन्, “अन्यत्र भन्दा यहाँ डायलाइसिस गर्न सहज थियो, अब उपचार गर्न समस्या हुने भयो ।”
तीन वर्षदेखि यहाँ आएर डायलासिस गराउँदै आएका प्युठानको सरुमारानी गाउँपालिका–४ सिरुबारीका ३५ वर्षीय केशव थापा पनि सेवा बन्द हुने खबरले चिन्तित छन । उपचार बापतको रकम राज्यले हालसम्म उपलब्ध नगराउँदा सेवा बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालका प्रमुख एजाज आलमले राससलाई बताए । यहाँ ५६ मिर्गौलाका बिरामीले डायलासिस गराउँदै आएका छन् ।
“अस्पतालले पाउनुपर्ने रू. छ करोड पाउन सकेको छैन”, उनले भने । लमही सामुदायिक डायलासिस केन्द्रलाई सरकारले विपन्न नागरिकको उपचार गरेबापत उपलब्ध गराउँदै आएको रकम सात महिनादेखि भुक्तानी गरेको छैन । डायलासिसका लागि अत्यावश्यक सामान खरिद गर्न र अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी गर्नसमेत समस्या भएको छ । यही फागुन १५ गतेभित्र राज्यले प्रदान गर्ने रकम भुक्तानी नगरे निःशुल्क सेवा बन्द हुने अस्पतालले जनाएको छ । शुल्क लिएर भने सेवा यथावत रहनेछ ।
क्याटेगोरी : पालिका समाचार, उप महानगर, समाचार, स्वास्थ्य / जिवनशैली, लुम्न्बिनी प्रदेश
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया