पूर्वमन्त्रीद्वय गुरुङ र न्यौपाने सहित नौजनाले भृकृटीमण्डपको जग्गामा ३१ करोड भ्रष्टचार गरेको ठहर
काठमाडौं,भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रक्रियाविपरित किर्ते काम गरेको विशेष अदालतले ठहर गरेको छ । बिशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गैरकानुनी रुपमा भ्रष्टचारमा संलग्न रहेको भनि पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेसहित नौजनालाई अदालतले दोषी ठहर गरेको छ ।
समाज कल्याण परिषद्का तत्कालीन अध्यक्ष तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेको नेतृत्वमा समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले २०६९ भदौ २० गते विनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा प्रकृया नमिलाई भाडामा दिएर किर्ते गरेको थियो । गुरुङ नेपाली कांग्रेसका नेता र हालका निलम्बित सांसद रहेका छन् । उनीहरुले गैरकानुनि काम गरेर ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको पाईएको थियो ।
न्यौपाने नेतृत्वको टिममा रहेर उपाध्यक्ष प्रमोद मेहता,कोषध्यक्ष कञ्चबिहारी प्रसाद चौधरी,सदस्यहरु हरी न्यौपाने,मोहनराज शर्मा,मदनकुमारलाल कर्ण र सदस्यसचिव रवीन्द्रकुमार यादवसमेतको उपस्थितिमा मिलेमतो भई भ्रष्टचार भएको पत्र अख्तियारले अदालतमा पठाएको थियो । उनीहरुलाई कस्तो सजाय हुने भन्ने निर्धारणका लागि फागुन २५ को पेसी तोकिएको छ ।
उक्त घोटालामा संलग्न रहेको रहेका १४ प्रतिवादीमध्ये पाँच जनाले भने सफाई पाएका छन् । सफाई पाउनेहरुमा समाज कल्याण परिषदका तत्कालीन कोषाध्यक्ष रत्नबहादुर गाहा , तत्कालीन निर्देशक मदनप्रसाद रिजाल उपनिर्देशक बलबहादुर स्वाँर, तत्कालीन कानुनी सल्लाहकारद्वय प्रेमसिंह धामी र जगदेव चौधरी रहेका छन् ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया