एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री नेपाली बजारमा
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड ब्रान्डको विद्युतीय रिक्सामा प्रयोग हुने नयाँ इ–रिक्सा ब्याट्रीको नेपाली बजारमा बिक्रीवितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।
विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिनेछ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन् ।
यसैगरी, यिनीहरुमा ‘रगेड ट्युबलर पोजिटिभ प्लेट’को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्नसक्ने क्षमतामा अधिकतम वृद्धि गर्ने कम्पनीको भनाइ छ । आफ्नो उत्कृष्ट रासायनिक एवं अन्य गुणहरुको कारण यो नयाँ उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क रहेको समेत जनाएको छ । कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
- सार्वजनिक महत्वका विवरण स्वत: प्रकाशन गर्दै काठमाडौँ महानगरपालिका
- सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री दाहाल
- सांसद नेम्वाङद्वारा सभामुख घिमिरेसमक्ष शपथ
- बजेटको अनिश्चितता र अर्थमन्त्रीमाथि बढेको दबाब
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया