काठमाडौं, चैत ७
नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २८ मा हुने भनिएको वार्षिक साधारणसभा जेठमा हुने गरी सरेको छ । अध्यक्ष भवानी राणाको अध्यक्षतामा बिहीबार महासंघ सचिवालयमा बसेको पदाधिकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । निर्णयसँगै चैत २८ र २९ गतेको निर्वाचन कार्यतालिकासहितको साधारणसभा जेठ ७ र ८ मा गरिने महासंघले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई आंकलन गर्दै उक्त निर्णय गर्नुपरेको महासंघको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न भएको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकका निर्णय समेतलाई आधार मान्दै महासंघको यही चैत्र २८ र २९ गतेका लागि पूर्वनिर्धारित ५४औं वार्षिक साधारणसभा र निर्वाचन कार्यक्रम स्थगन गरी नयाँ मिति २०७७ साल जेठ ७ र ८ गते काठमाडौंमा गरिनेछ ।’
त्यस्तै, कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पु¥याउने पनि निर्णय गरेको छ । कोरोनाका कारण उद्योग व्यवसायमा पर्ने असरका सम्बन्धमा विज्ञहरू समेतको संलग्नतामा अध्ययन गरी सुझाव तयार गरेर सरकारमा पेश गर्ने महासंघको तयारी छ ।
त्यस्तै, महासंघका सबै सदस्य संघ/संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निष्पक्ष रूपमा बिक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह गर्ने पनि निर्णय भएको महासंघले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया