नर्भिकले निःशुल्क सुगर जाँचसहितको वृहत कार्यक्रम गर्ने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।
अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ । सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् ।
नर्भिक अस्पतालले बेला–बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । एकमहिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया