जेपीका प्रअ पौडेलले नाङ्लोसँगको ‘लिज एग्रिमेन्ट’ गायब पारेको खुलासा
काठमाडौं । ठमेलमा रहेको जेपी स्कुलका प्रधानाध्यापक लक्ष्मण पौडेलले नाङ्लो समूहका श्याम कक्षपतिसँग गरेको ‘लिज एग्रिमेन्ट’ गायब पारेर तरुण निर्माण सेवाका मनोज मिश्रसँग नयाँ लिज एग्रिमेन्ट गरेको रहस्य खुलेको छ ।
स्कुलको जमिन तरुण निर्माण सेवालाई लिजमा दिँदा भएको अनियमितता र लिज एग्रिमेन्टअनुसार काम नभएको विषयमा परेको उजुरीबारे राष्ट्रिय सतर्कता केन्द्रले प्रधानाध्यापक पौडेलसँग निरन्तर बयानका क्रममा कक्षपतिसँगको एग्रिमेन्ट नै गायब पारिएको तथ्य खुलेको हो ।
नाङ्लोका कक्षपतिसँग विद्यालयका तत्कालीन प्रधानाध्यापक सूर्यराज शाक्यले करार सम्झौता गरेका थिए र उक्त करार सम्झौतालाई वि.नि. तारापति खरेल लेखापाल राम श्रेष्ठ वडा अध्यक्ष मुकुन्द रिजाल र यसअघिका व्यवस्थापन समितिका अध्यक्ष कुमार मानन्धरलगायतको मिलेमतोमा कायम गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया