व्यवसायी कोचरको करोडौंको कारोबार, राजस्व भने न्यून बुझाए
विराटनगर । विराटनगरको एक व्यापारिक घरानाका व्यक्तिले करोडौँको कारोबार गरी राजस्व भने न्यून तिरेर कर छली गरेको पाइएको छ । महाबीर ट्रेडलिंकले आफ्नो व्यावसायिक कारोबारबाट करोडौँ कमाउन सफल भएको देखिए पनि चालू आर्थिक वर्षको छ महिनाको कारोबार विवरणमा भने न्यून देखाएको पाइएको हो ।
प्लास्टिजन्य कारोबार गर्ने उक्त कम्पनीले वास्तविक कारोबारलाई लुकाएर न्यून विवरण कर कार्यलयमा बुझाएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर महावीर ट्रेडलिंकका नाममा ६०३६५५४५२ भ्याट नम्बर समेत प्राप्त गरेको उक्त फर्मले विभिन्न वस्तुु आयात गरी बिक्री गर्दा पूर्णरुपमा स्टीमेट बिलको प्रयोगबाट गर्नेगरेको छ । उक्त फर्मका सञ्चालक तुुषार कोचर रहेका छन् भने उनले आफूसँगै आफ्ना बाबुु निर्मल कोचरका नाममा आन्तरिक राजस्व कार्यालयबाट ३००२१०३९४६ बाट हरिराम इन्टरप्राइजेज नामको अर्को एक फर्म दर्ता गरी व्यावसायिक कारोबार गरिरहेका छन् ।
दुुवै कोचर व्यवसायीलाई गोल्छा समूहका सुरेन्द्र गोल्छाले कारोबारमा राम्रै साथ दिनेगरेका छन् । गोल्छाको सहयोगले गर्दा नै कोचरले दुुवै फर्मबाट निर्बाधरुपमा आफ्नो व्यवसायी कारोबार गरी राज्यलाई बुझाउनुपर्ने करोडौँको भ्याटदेखि आयकर समेतमा व्यापक छली गरेको पाइएको हो । करछलीको विषयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले उच्च महत्वका साथ छानबिन गर्न थालेको समाचारस्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया