विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताएका छन् ।
विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रङ्गशाला निर्माण सुरु गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरुप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने उल्लेख गरे । उनले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष व्यक्त गरे ।
राज्यको कम लगानीका बाबजुद फुटबल र क्रिकेट खेलमार्फत प्राप्त सफलताले दक्षिण एसियाका साथै विश्वमा नै नेपाल र नेपालीलाई चिनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका सम्पदा भएकाले उनीहरूको संरक्षण गर्नुपर्नमा जोड दिए । “खेलाडीका कारण हाम्रो शिर ठाडो भएको छ । उनीहरुको संरक्षण गर्नु सबैको दायित्व हो”, उनले भने ।
रात्रिकालीन समयमा सञ्चालन हुने उक्त गोल्डकपमा नेपालका ए डिभिजनका छ क्लब, भारतको एक र भुटानको एक क्लबले नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका तर्फबाट विभागीय क्लब एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने भारतको लुका सकर क्लब केरला र भुटानको ड्रुक लयुल फुटबल क्लब छन् ।
प्रतियोगिताको उपाधि विजेताले रू. २० लाख १५ हजार तथा उपविजेताले रू. १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने छन् । बिहीबार भएको फुटबल प्रतियोगिता विराटनगर सिटी क्लबले महेन्द्र पुलिस क्लबलाई १–० ले पराजित गरेको छ । आजको खेल नेपाल आर्मी क्लब र जावलाखेल युथ क्लब ललितपुरबीच हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया