Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितितिन ‘हेविवेट’ उम्मेदवारलाई चुनावी मैदानमा उठाउदैं(रास्वपा) !

तिन ‘हेविवेट’ उम्मेदवारलाई चुनावी मैदानमा उठाउदैं(रास्वपा) !


काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि तिन जना ‘हेविवेट’ उम्मेदवारलाई चुनावी मैदानमा उठाउने भएको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टीबाट अलग हुने घोषणा गरेसँगै उनी (रास्वपा)मा जोडिएका हुन् । उनलाई उक्त पार्टीले तनहुँ निर्वाचन क्षेत्र न.१ बाट उम्मेदवार बनाउने भएको छ ।

वाग्लेले सन् २०१४ देखि सन् २०१८ सम्म सुरुमा राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

राष्ट्रिय योजना आयोगको जिम्मेवारी सम्पन्न गरेपछि केही समय उनी ३६ वटा देश हेर्ने संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोको मूख्य आर्थिक सल्लाहकारको रूपमा जागिर खान न्यूयोर्क गएका थिए।

उनीसँग विश्व ब्याङ्क र संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रममा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ।गोर्खामा जन्मिएर काठमाण्डूको बुढानीलकण्ठ स्कुल अध्ययन गरेका उनले लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक र हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययन गरेका थिए।

उनले अस्ट्रेलियन न्याश्नल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। यसअघि गएको आम चुनाव लड्ने इच्छा वाग्लेले व्यक्त गरेका थिए। तर त्यसबेला उनलाई नेपाली कांग्रेसले टिकट दिएको थिएन।

रास्वपाले बारा क्षेत्र नम्बर २ बाट पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवारको रुपमा उठाउने भएको छ । प्रहरीमा रहेर राम्रो छबी बनाएका खरेललाई रास्वपाले आफ्नो दलमा जोड्न सफल भएको छ । पूर्व डीआईजी रमेश खरेल सुशासन पार्टीका अध्यक्ष हुन् र ४ मंसिरको चुनावमा काठमाडौं १ उम्मेदवार थिए ।

त्यस्तै,चितवन २ मा पार्टी सभापति रवि लामिछाने उम्मेदवार बन्ने भएका छन् । रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाएका थिए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए।

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ निर्वाचित भएका थिए । ८३९५६ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६४ भोट प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका थिए । नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाएका थिए। लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी पाएका थिए । संसदमा चौथो ठुलो दलको हैसियत बनाएर गठबन्धनको सरकारमा सामेल भएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपप्रधान सहित गृहमन्त्रीमा नियुक्त भएका थिए।

तर,सर्वोच्च अदातलले नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद ३३ दिनमै गएको थियो । अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरेपनि उनले नेपालको नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका थिए । उक्त निर्वाचन क्षेत्र खाली भएपछि त्यही ठाउँमा रबीले सबै प्रकृया पर्‍युाएर निर्वाचनमा सहभागी हुदैँछन् । रास्वपाले ‘हेविवेट’ उम्मेदवारलाई मैदानमा उठाउँदा अरु दल र आबद्ध उम्मेदवारलाई वैशाख १० गते हुने उपनिर्वाचन जित्न सहज नहुने देखिएको छ । त्यसैले,यो उपनिर्वाचनलाई चासोको रुपमा हेरिएको छ ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया