बीमा समितिद्वारा बीमा कम्पनीहरूलाई किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन
काठमाडौं, चैत १२
बीमा समितिले बीमा कम्पनीहरूलाई किस्तामा ब्याज नलाग्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । समितिले सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरू र २० वटा निर्जीवन बीमा कम्पनीहरू समेतको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवसथा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
बीमा समितिले परिपत्रमार्फत भनेको छ, विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सरकारले अत्यावस्यक सेवाबाहेकका अन्य सेवा बन्द गरेको अवस्थामा निर्जीवन बीमा कम्पनीहरूले बीमालेखको अवधि समाप्त हुुनुुअघि नै बीमितलाई पर्याप्त सूचना उपलब्ध गराई सुसूचित गर्नका साथै बीमालेख जारी गर्दा वा नवीकरण गर्दा जुुनसुकै माध्यमबाट बीमा शुल्क संकलन गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
यसैगरी जीवन बीमातर्फ पनि हाल भुक्तानी गर्नुुपर्ने किस्ता भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुुने र उक्त बीमा शुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले १५ दिनभित्र बुुझाएमा किस्तामा ब्याज नलाग्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया