काठमाडौं । डिजिटल वालेट कम्पनी खल्ती र प्रेफेसनल कम्युटर सिस्टम (पीसीएस)बीच विभिन्न मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी लगानी योजनामा खल्ती वालेटमार्फत लगानी गर्न मिल्ने सेवा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । सम्झौतापत्रमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा बीएफआई विभाग प्रमुख प्रविन घिमिरे र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसेन अन्सारी तथा वरिष्ठ व्यवसाय विकास अधिकृत किर्तनराज दाहालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार खल्ती एपबाट विभिन्न मर्चेन्ट एन्ड बैंकिङले सञ्चालन गरेका खुलामुखी योजनामा लगानी गर्न पीसीएसले खल्तीलाई एपीआई उपलब्ध गराउने छ । यससँगै खल्तीका ग्राहकले मर्चेन्ट एन्ड इन्भेष्टमेन्ट बैंकिङबाट सञ्चालित खुलामुखी योजना र एसआईपीमा सहजै लगानी गर्न सक्नेछन् । यस सुविधाले देशबाहिर रहेका नेपालीहरूले पनि खुलामुखी योजनामा खल्ती एप प्रयोग गरी लगानीमा सहभागी हुनसक्ने कम्पनीले जनाएकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया