काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर बैंकिङ क्षेत्रमाथि भएको आक्रमण, देशको आर्थिक स्थिति र सुधारका सम्भावित उपायको बारे छलफल गरेको छ । शुक्रबार भएकोे छलफलमा सीबीफिनका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं श्रृंखलाबद्धरूपमा भएका आक्रमणको विषयमा गभर्नर अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा सीबीफिनले बैंकिङ क्षेत्रमा उत्पन्न समस्या र अर्थतन्त्र सुधारका विषयमा संस्थागत सुझाव समेटिएको ध्यानाकर्षण पत्र समेत गभर्नरसमक्ष पेस गरेको थियो ।
छलफलमा अध्यक्ष गोल्यानले राष्ट्र बैंक नियामक निकाय मात्र नभई बैंक तथा वित्तीय संस्थाको अभिभावक समेत भएकोले बैंकमाथि आक्रमण भइरहँदा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन माग गरे । पुँजी निर्माण, कर्जा नोक्सानीको व्यवस्था, सेवाशुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, संस्थापक सेयरलाई साधारण सेयरमा रूपान्तरण, स्थानीय निकायको पैसाको निक्षेप गणना, ब्याजदर कोरिडोर, प्रिमियम, कर्जा–निक्षेप अनुपात, आधार दरको गणना, फिन टेक, एसेट म्यानेजमेन्ट एवं लर्निङ एन्ड डेभलपमेन्ट र लगानीकर्ताका विषयमा सुझाव दिई आवश्यक पहलकदमी लिन गभर्नरसमक्ष आग्रह गरिएको सीबीफिनले बताएको छ ।
गभर्नर अधिकारीले सीबीफिनबाट राखिएको ध्यानाकर्षणका विषयहरूलाई गम्भीरताका साथ लिएर यथोचित सम्बोधन गर्ने बताका छन् । बैंक तथा वित्तीय संस्था र कर्मचारीहरूका विरुद्ध भइरहेका क्रियाकलापहरूबारे राष्ट्र बैंकले नजिकैबाट नियालीरहेको बताउँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति पनि आफू गम्भीर रहको बताए । उनले कर्पोरेट क्षेत्र अब दीर्घकालीन बन्ड जारी गर्ने प्रक्रियामा जानुपर्ने र जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्वसावधानी अपनाउन सीबीफिनका प्रतिनिधिहरूलाई सुझाव दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया