कोरोना भाइरसविरुद्ध ट्राफिक प्रहरीको सजगता
काठमाण्डौं,चैत २०
दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीहरूलाई कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सजगताका उपायहरू अपनाएको छ । महाशाखाले कोरोना रोकथाम तथा सम्भावित माहामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक व्यवस्था गरेको जानकारी गराएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना प्रहरी कर्मचारीहरूमा नोभेल कोराना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गर्दै बाहिरी प्रवेश गेटमा पीपीई पोसाक लगाई स्वास्थ्यकर्मीले थर्मल गनमार्फत ज्वरो नाप्ने व्यवस्था गरेको छ । महाशाखाले यसअघि नै कार्यालय प्रबेश गर्नुअघि हरेक प्रहरी कर्मचारी र सेवाग्राहीहरूले पहिले साबुनपानीले अनिवार्य हात धुनका लागि पानीको धारा र छेउमा हेन्ड बास राखिसकेको छ । हात धोइसकेपछि मात्र कार्यलय प्रबेश गर्न पाइने व्यवस्था मिलाइसकेको छ । त्यस्तै महाशाखाका मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूमा पनि नियमितरूपमा हात धुने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालकका अनुसार प्रहरी कार्यालयमा विभिन्न किसिमको मानिसहरू आवतजावत गर्ने तथा दैनिक प्रत्यक्ष सडकमा खट्टिनुपर्ने भएकाले विश्व महामारीको रूपमा फैलिरहेको नोभेल कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्वसावधानी रहन यस्तो व्यवस्था गरिएको बताए ।
महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैँ सेनिटाइजर उत्पादन गरी प्रत्येक ट्राफिक प्रहरीहरूलाई सेनिटाइजरसँगै मास्क पनि वितरण गरिसकेको जानकारी प्रवक्ता जीवनकुमार श्रेष्ठले दिए । वर्तमान सुरक्षा अवस्थासमेतलाई मध्यनजर गर्दै हरेक प्रहरी कर्मचारीहरूलाई सचेत रहन र संक्रमणबाट बच्नको सैदान्तिक तथा व्यावहारिक ज्ञान महाशाखा मातहतका ट्राफिक प्रहरीहरूलाई दिएको प्रमुख ढकालले जानकारी दिए । कोरोना भाइरस समन्वय डेस्कमहाशाखाले स्वास्थ्यकर्मीसहित प्रनाउको कमान्डमा समन्वय डेस्कसमेत गठन गरेको छ । त्यस्तै महाशाखाले २५ जनाको लागि क्वारेन्टाइन वार्ड तयार गरेको जनाएको छ । ट्राफिक प्रहरीले विशेष परिस्थिति र आवश्यकताको आधारमा मात्र बिदा र छुट्टी छाड्ने व्यवस्था मिलाएको छ । बिदाबाट फर्किएका व्यक्तिहरूलाई अनिवार्यरूपमा १४ दिनसम्म होम क्वारेन्टाइनमा राखेर चेकजाँचपछि मात्रै ड्युटी खटाउने जनाएको छ । ब्यारेकभित्रका ट्राफिक प्रहरीको सम्पूर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाइएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । ब्यारेकमा सुत्ने खाटको दूरी घटीमा एक मिटरको राख्ने व्यवस्था गरेको छ । त्यस्तै सबै ट्राफिक प्रहरीलाई ड्युटीपश्चात् ब्यारेक हाताभित्र नै लकडाउन गरिएको छ । साथै ड्युटीमा कम्तीमा २ मिटर दूरीमा नागरिकसँग दूरी कायम गर्ने व्यवस्था पनि मिलाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया