काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले जोखिम तथा असुली व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ । लघुवित्तका अनुसार वैशाख १७ गते आइतबारका दिन तालिम आयोजना गरिएको थियो ।
तालिममा लघुवित्तका एक सय शाखा कार्यालयका तीन सय कर्मचारीको उपस्थिति रहेको थियो । तालिममा उपस्थित कर्मचारीहरूलाई केन्द्रीय कार्यालयका विभागीय प्रमुख र इलाका निर्देशकहरूले कर्जा जोखिम व्यवस्थापन र कर्जा असुलीबारे प्रशिक्षण दिनुका साथै वर्तमान समस्या एवं चुनौती सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरिएको लघुवित्तले जनाएको छ ।
समारोहमा संस्थाबाट सेवा निवृत्त भएका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक सुधीर प्रसाद लोहनीलाई बिदाइ गर्दै नवनियुक्त कार्यकारी निर्देशक जया लोहनीलाई स्वागत गरिएको थियो । यस्तै कार्यक्रममा २२ वर्ष सेवा गरी निवृत्त भएका प्रादेशिक समन्वय प्रमुख खेमराज खतिवडालाई पनि बिदाइ गरिएको लघुवित्तले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया