कक्षा १२का विद्यार्थीलाई निशुल्क कोचिङ कक्षा
दोलखा । जि.पि. कोइराला फाउण्डेशन दोलखाको आयोजनामा कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरुको लागि सञ्चालित निशुल्क तयारी कोचिङ कक्षा सम्पन्न भएको छ ।
फाउण्डेशनले स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसको अवसरमा गरिब, जेहेन्दार विद्यार्थीहरुको लागी ‘स्व. भीम बहादुर तमाङ स्मृति प्लस टु परिक्षा तयारी निशुल्क कक्षा–२०७९’ सञ्चालन गरेको हो । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आथित्यतामा मंगलबार एक कार्यक्रमको आयोजना गरि कोचिङ कक्षा समापन गरिएको छ ।
विद्यार्थीहरुले प्लस टुमा राम्रो नतिजा ल्याउन् भन्ने उद्देश्यले एक महिनासम्म कोचिङ कक्षा सञ्चालन गरिएको जि.पि. कोइराला फाउण्डेशनका अध्यक्ष राकेश श्रेष्ठले बताए । विद्यालयमा अध्ययन गरेका कुरालाई पुनःताजगी गराई उत्कृष्ट नतिजा हासिल गर्न कोचिङ कक्षाले सहयोग गर्ने उनको भनाई थियो ।
आर्थिक स्थिति कमजोर, गरिव जेहेन्दार विद्यार्थीहरुका लागि लक्षित सो कक्षा विषय विज्ञ शिक्षकहरुबाट सञ्चालन गरिएको थियो । अध्यक्ष श्रेष्ठका अनुसार कक्षामा दुई सय बढी विद्यार्थीको सहभागिता रहेको थियो । कक्षामा अनिवार्य अंग्रेजी, एकाउन्ट, कम्प्युटर, ऐच्छिक गणित विषयको पठनपाठन गरिएको थियो ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया