आईसीएफसी फाइनान्सको खुद मुनाफा घट्यो
काठमाडौं । आईसीएफसी फाइनान्सको खुद मुनाफामा गिरावट आएको छ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा आठ करोड ३९ लाख ४८ हजार चार सय छ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको खुद मुनाफा १२ करोड ३९ लाख ९८ हजार चार सय ४४ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार नौ सय ६० रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १८ अर्ब १६ करोड ७२ लाख ४९ हजार नौ सय ४८ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ६१ करोड ३४ लाख ९७ हजार ५२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४१ करोड ५५ लाख ९६ हजार सात सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको निष्क्रिय कर्जा दुई दशमलव ६४ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्सले १७ अर्ब ७१ करोड ९९ लाख ८४ हजार एक सय ८३ रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब पाँच करोड ६६ लाख १८ हजार पाँच सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड ६५ लाख आठ हजार ५८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २४ प्रतिशत निष्क्रिय कर्जा रहेको थियो । तेस्रो त्रैमासिकसम्म फाइनान्सको वितरणयोग्य मुनाफा एक करोड ८९ लाख ५३ हजार नौ सय १७ रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया