कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
काठमाडौं,नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभ¥याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिएका हुन । निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उनले जानकारी लिएका थिए ।
गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा जानुभएका उनले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिएका हन्। त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएकाले कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने बताए।
उनले तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर्न र यदि त्यसो गर्न नसके ठेक्का रद्द गरेर जान आग्रह गरे । चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न बोलपत्रमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा सम्झौता गरेको थियो । यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सवस्टेसनको निर्माण पनि कोभिड–१९को महामारीलगायत कारणले असर परेकाले आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।रासस
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया