Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकाकिसानलाई ट्याक्टर र आलुको बीउ सहयोग

किसानलाई ट्याक्टर र आलुको बीउ सहयोग


दोलखा । वैतेश्वर गाउँपालिकाले व्यावसायिक आलु खेतीमा लागेका किसानलाई कृषि औजार र बीउविजन सहयोग गरेको छ । पालिकाले चालू वर्षको आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा नम्बर ८ स्थित यवो गाउँका करिब एक सय किसानलाई कृषि औजार हाते ट्याक्टर र आलुको बीउ वितरण रहेको हो ।

पालिकाले ५० प्रतिशत लागत साझेदारीमा कृषि औजार वितरण गरेको जनाएको छ । जनप्रेमी कृषि सहकारीमा आबद्ध किसानलाई बिहीबार एक कार्यक्रमका बीच १४ हजार केजी उन्नत जातको आलुको बीउ, नौ थान हातेट्याक्टर, पाँच थान स्प्रेय, ९६ थान प्लास्टिक क्रेय्ट तथा आलुका लागि रासायनिक मल प्रदान गरिएको पालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए । बीउ तथा कृषि औजार गाउँपालिका अध्यक्ष छवि लामा र आलुवाली विकास केन्द्र सिन्धुपाल्चोक निगालेका प्रमुख विजयकुमार गिरीको उपस्थितिमा वितरण गरिएको वडाध्यक्ष शान्त बहादुर जिरेलले जानकारी दिए ।

पालिकाले आगामी आर्थिक वर्षमा यवोमै आलुको बीउ उत्पादन तथा प्रवर्द्धन गर्न बीउ संकलन केन्द्र निर्माण गर्ने अध्यक्ष लामाले बताए । यवोमै हिउँदे आलुको बीउ उत्पादन गर्न सकिने सम्भावना देखिएकाले भण्डारण केन्द्र समेत स्थापन गर्ने उनको भनाइ थियो । बीउ उत्पादन तथा स्टोर निर्माण गर्न करिब २० लाख रकम लाग्ने अनुमान गरिएको उनले जानकारी दिए । पालिकाले यस वर्ष आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत उन्नत जातको काडिनल जातको स्रोत बीउ ११ सय केजी तथा दोस्रो पुस्ताको १३ हजार केजी उन्नत जातको बिउ वितरण गरेको हो ।


क्याटेगोरी : सहकारी–कृषि, गाउँ पालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया