Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकर्णालीमा ३९ प्रतिशत धान रोपाइँ

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ


सुर्खेत, असार १७
कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीमा धान हुने कुल ४९ हजार ४ सय २५ हेक्टर जमिनमध्ये हालसम्म १९ हजार २ सय ४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २ सय ७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । त्यस्तै १३ हजार ५ सय २ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताए ।

त्यसैगरी, आठ हजार ३ सय १ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १ सय ६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उनले जानकारी दिए । उनका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५ सय ७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार ५ सय ७७ हेक्टर जमिन भएको कालीकोटमा २७ र दुई हजार ८ सय हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाइँ भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाईंमा ढिलाई भएको जानकारी दिए । मन्त्री केसीले भने, ‘कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषिकर्ममा क्रियाशील हुन किसानहरुलाई अपिल गरिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया