कृषकले छाडे अलैंची खेती
सुबास बस्नेत
दोलखा, पुस १०
करिब छ वर्षअघि निकै माग हुने अलैंचीको एक्कासी भाउ घटेसँगै पछिल्लो समय दोलखामा अलैंची खेती कम हुँदै गएको छ । सिजनमा समेत बिक्री हुन र उचित मूल्य नपाएपछि खेती घट्दै गएको हो । विगत वर्षहरुको तुलनामा यस वर्ष मूल्यकै कारण अलैंची कम उत्पादन भएको स्थानीय उत्पादकहरु बताउँछन् ।
दोलखाको सबैजसो स्थानमा अलैंची खेती हुने भए पनि बिक्री हुन छाडेपछि खेती कम हुँदै गएको हो । सात वर्ष अघि दोलखाका स्थानीय कृषकले धानगहुँ फल्ने खेतमा अलैंची लगाएका थिए । छोटो समयमा सबैले अलैंची खेती गर्न थालेपछि अलैँचीको भाउ घट्दै गएको हो । अहिले अँलैचीको खेती गर्नै छाडेको बैतेश्वर गाउँपालिका वडा नम्बर तीनका कृषक फत्त बहादुर खत्रीले बताए । उनले करिब १० रोपनी खेतमा चार वर्षअघि अलैंची खेती सुरु गरेका थिए । खेती सुरु गर्दा प्रतिकेजी दुई हजार चार सय रुपैयाँमा बिक्री हुने अलैंची अहिले प्रतिकेजी पाँच सय रुपैयाँमा बिक्री हुन पनि धौधौ परेको उनको भनाइ छ । अहिले फेरि परम्परागत खेतीमा नै फर्केको उनले बताए ।
खत्रीले जस्तै जिल्लाका अधिकांश कृषकले अलैंची नष्ट गर्न थालेका छन् । सुनसरह मूल्य मानिने अलैंचीको मूल्यमा एक्कासि कमी भएपछि कृषक पुरानै शैलीको खेती प्रणालीमा फर्केका हुन् । बैतेश्वर गाउँपालिकाका अर्का कृषक सिंह बहादुर खड्काले अलैंची खेतीबाट आफ्नो लगानी समेत उठाउन नसकेपछि खेती त्यागेको बताए । त्यस्तै जिल्लामै सबैभन्दा बढी अलैंची उत्पादन गर्दै आएका अर्का कृषक जित बहादुर तामाङले पनि अलैंची खेतीमा चासो देखाउन छाडेका छन् । दुई वर्षअघि सात लाखको अलैंची बिक्री गरेका उनले अहिले साढे लाखमा चित्त बुझाउनुपरेपछि खेती अलैंची खेतीप्रति रुचि घटेको बताए ।
जित बहादुर तामाङले यो वर्ष पनि करिब ४ सय किलो अलैंची उत्पादन गर्न सफल भए पनि उचित मूल्य नपाएपछि खेतीमा चासो नदिएको बताए । गत वर्ष पाँच लाख कमाएका उनले अहिले करिब दुई लाख मात्र कमाएको बताए । उनले उत्पादन गरेको अलैंचीको मूल्य र माग नआएपछि गत वर्षको अलैंची पनि बिक्री हुन बाकी रहेको छ । अलैंची उत्पादनको हिसाबले प्रकट क्षेत्र मानिएको बैतेश्वर गाउँपालिका तामाकोशी गाउँपालिका र गौरीशंकर गाउँपालिकामा व्यावसायिक रुपमा अलैंची खेती गर्दै आएका सयौं कृषकले विस्तारै अलैंची खेती त्यागेर पुरानै परम्परागत खेती गर्न सुरु गरेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया