Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपोखराका दुई सहकारी पुरस्कृत

पोखराका दुई सहकारी पुरस्कृत


पोखरा ।
राष्ट्रिय सहकारी बैंकले पोखराका दुई सहकारीलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने नयाँबजारस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको हो । संगम साकोसका अध्यक्ष निरज थापा र उन्नति साकोसका अध्यक्ष राजेश रानाभाटलाई बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्रसहित पुरस्कृत गरेका थिए ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको बैंकका सञ्चालक जिसीले बताए । बैंकको वार्षिक साधारणसभाका अवसरमा केन्द्रीय र प्रदेशस्तरीय पुरस्कार वितरण गर्नुका साथै शाखास्तरको पुरस्कार घोषणा गरी राष्ट्रिय सहकारी दिवसका अवसरमा वितरण गरिँदै आएकोमा यसपटक कोरोना संक्रमणका कारण ढिला भएको जिसीले जानकारी दिए ।

कार्यक्रममा पुरस्कृत संस्था संगम साकोसका अध्यक्ष निरज थापाले राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरुको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले नीति विधि र प्रविधिको प्रयोगमार्फत आम समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी अभियानलाई थप प्रभावकारी बनाउन समन्वय र सहकार्यमा जोड दिए


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया