
सोलुखुम्बु ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा कृषि तथा औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकास र कृषकलाई हौसला प्रदान गर्नका लागि कृषि तथा औद्योगिक प्रदर्शनी आयोजना गरेको थियो । कृषि तथा औद्योगिक प्रदर्शनीमा १४ प्रकारका एक हजारभन्दा बढी संख्याका कृषि तथा औद्योगिक सामग्री प्रर्दशन गरिएको थियो । जसमा बेदबाँस, हाते होजियारी, खाँडी, जरे तथा कन्दमुल, मसला बाली, नगदे बाली, दलहलन बाली, तरकारीबाली, फलफूल, खाद्यान्न बाली, तेहलन बाली, फर्निचर, सांस्कृतिक भेषभुषालगायतका स्टल रहेका थिए । मेलामा दुई सय ९३ कृषकले भाग लिएका थिए ।
प्रदर्शनीको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा तिरुवा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाका प्रमुख पूर्णा ढुंगाना, घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका प्रमुख कपिलमणि दाहाल, नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शलिकराम बस्याललगायत अन्य कर्मचारीहरुले मूल्याङ्कन गरेका थिए । जसमा ४५ जना कृषक पुरस्कृत भएका छन् । प्रथम हुने कृषकलाई तीन हजार, दोस्रोलाई दुई हजार, तेस्रोलाई एक हजार पाँच सय र चौथो हुनेलाई एक हजार रूपैयाँको साथमा प्रमाणपत्र वितरण गरिएको थियो । प्रदर्शनीमा सहभागी अन्य कृषकलाई पाँच सय रूपैयाँका दरले यातायात खर्च समेत प्रदान गरिएको नेचासल्यान गाउँलिकाका प्रवक्ता धर्मध्वज खत्रीले जानकारी दिए ।
कृषि तथा औद्योगिक प्रदर्शनीमा निवर्तमान संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर काम गरेको बताए । कृषिका पूर्वाधार निर्माणलाई जोड दिएको उनले बताए । कृषि तथा औद्योगिक मेला प्रदर्शनीले कृषि क्षेत्रको विकासको कोसे ढुंगाको रूपमा लिएको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको भनाइ छ । गाउँपालिकाले हरेक वर्ष कृषि तथा औद्योगिक मेलाको आयोजना गर्दै आएको छ । जसले गर्दा कृर्षलाई कृषि पेसामा लाग्न थोरै भए पनि सहयोग पुगिरहेको किसानको भनाइ छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया