Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिजनमुखी साकोसको अध्यक्ष र उपाध्यक्ष दाहाल र शर्मा विजयी

जनमुखी साकोसको अध्यक्ष र उपाध्यक्ष दाहाल र शर्मा विजयी


दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको जनमुखी बचत ऋण सहकारी संस्थाको अध्यक्षमा माधवप्रसाद दाहाल र उपाध्यक्षमा गिताकृष्ण शर्मा निर्वाचित भएका छन् । सहकारीको पूर्वअध्यक्ष समेत रहेका माधवप्रसाद दाहालले एक हजार नौ सय ३० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी संस्थामा निवर्तमान अध्यक्ष सिताराम दाहालले भने नौ सय ३४ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै संस्थाको उपाध्यक्षमा निर्वाचित भएका गिताकृष्ण शर्माले एक हजार नौ सय ५३ मत पाएका थिए ।

उपाध्यक्षका अर्का उम्मेदवार शंकर बस्नेतले भने सात सय ७४ मत ल्याए । उपाध्यक्षमा विजयी शर्माले सबैभन्दा बढी मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख ताराप्रसाद पन्तले जानकारी दिए । त्यसैगरी साबिक काब्रे सदस्यमा एक हजार चार सय ७७ मत ल्याएर राजकुमार दाहाल निर्वाचित भएका छन् भने साबिक नाम्दु सदस्यमा कमलप्रसाद चौलागाईंले एक हजार ९२ मत ल्याएर विजयी भएका छन् । दलित सदस्यमा हजार आठ सय ३१ मत ल्याई गिता भुजेल विजयी भएको मतदान अधिकृत पन्तले जानकारी दिए ।

सहकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । कुल १२ हजार पाँच सय मतदाता रहेको सहकारीमा नयाँ सञ्चालक समिति चयनको लागि तीन हजार एक सय ९२ जना सेयर सदस्यले मात्रै मतदान गरेका थिए । शनिबार बिहान ८ बजेबाट सुरु भएको समितिको निर्वाचन साझ पाँच बजेसम्म चलेको थियोे ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया