किबी महोत्सवमा सुन्तला व्यापारी सम्मानित
सुबास बस्नेत
दोलखा, पुस २३
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सुरु भएको सातदिने किबी महोत्सव सम्पन्न भएको छ । सात दिनसम्म चलेको महोत्सव विभिन्न कृषकहरुलाई सम्मान गर्दै मंगलबार सकिएको हो । महोत्सवमा किबी कृषकभन्दा अन्य कृषकहरुलाई सम्मान गरिएकोमा किबी कृषकहरुले भने दुखेसो पोखेका छन् । महोत्सव आयोजना समितिले किबी कृषक भनेर सुन्तला कृषकलाई सम्मान गरेको भिमेश्वर नगरपालिका वडा नम्बर ६ कि मोतिमया तामाङले बताइन् ।
उनले महोत्सबभरी ५० हजार रुपैयाँको किबी बिक्रीको जानकारी दिइन् । यसैगरी महोत्सवमा १२ हजारको सुन्तला बिक्री गरेकी मेलुङ गाँउपालिकाकी कृषक लक्ष्मी उप्रेती सम्मानित भएकी छिन् । नगरपालिकाले किबी फलको पहिचान र प्रर्वद्धन गर्ने उदेश्यले करिब एक साता अघिबाट जिल्लाको सदरमुकाम चरिकोटमा महोत्सवको सुरु गरेको थियो । सात दिन चलेको महोत्सवको भ्रमण वर्षको अवसरमा दोलखा घुम्न आएका पर्यटक र जिल्लाका नौ स्थानीय तहका करिब ४० हजार नगरिकले अवलोकन गरेको महोत्सव आयोजना समितिले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया