सोलुखुम्बु । यस वर्ष जिल्लामा अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गत वर्ष ८४ मेट्रिकटन अलैँची उत्पादन भएको सोलुखुम्बुमा यस वर्ष घटेर ६९ मेट्रिकटन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन प्रतिशतले हिसाबले १७ दशलमव ८५ प्रतिशतले कमी हो ।
अलैँचीमा कीराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरूले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनुजस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूचना अधिकारी कुल बहादुर राईले जानकारी दिए । ‘अलैँचीले समान्यतय ३/४ वर्षसम्म राम्रो उत्पादन दिन्छ, तर जिल्लाका अधिकांश बोटहरू कम्पनीमा ८/१० अघिका छन् । त्यस्ता बोटले उत्पादन कम दिन्छ’, उनले भने, ‘अलैँचीलाई त ४/५ वर्षपछि पुरानो बोटलाई मासेर नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ तर मूल्य घटेकाले कृषकहरूले यसको खेतीमा खासै ध्यान दिएका छैनन् ।’
जिल्लामा हाल एक सय ६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुनेगरेको ज्ञान केन्द्रको तथ्यांक छ । गोली, भकान्जे, चौलाखर्क, बुँदेल, बुङ, सोताङ, अँधेरीलगायतका क्षेत्रमा व्यावसायिकरूपमा अलैँची खेती हुनेगरेको छ । गोली भकान्जे, चौलाखर्क, बुङ, गुदेललगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्र नै घोषणा गरेको थियो । विगतमा अलैँचीको मूल्य आकासिँदा हौसिएका कृषकहरू पछिल्लो समय भने निष्क्रिय बन्दै गएका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया