Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिहाइड्रोपावरमा गरेको लालीगुराँस सहकारीको करोडौँ लगानी जोखिममा

हाइड्रोपावरमा गरेको लालीगुराँस सहकारीको करोडौँ लगानी जोखिममा


काठमाडौं,ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.मा आर्थिक संकट अझै बढ्ने भएको छ । संस्थाका प्रमुख कार्यकारी (सीईओ) तथा प्रबन्धनिर्देशक सुरेन्द्र भण्डारीले बल गरेर करोडौँ लगानी गरेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामीमा गएसँगै सहकारीको लगानी जोखिममा परेको हो ।

आफ्नै फर्महरुमा लगानी गरेर विवाद र चर्चामा आएका लालीगुराँसका सीईओ भण्डारीले आफ्नो आम्दानीले खर्च धान्न नसकेर लिलामीमा गएको सो हाइड्रोपावर सकभर सकार्न खोजेका छन् ।लगानीअनुसार उत्पादन हुन नसकेपछि करोडौँ लगानी गरेर पनि भैरवकुण्ड हाइड्रोपावरका अध्यक्ष रामकाजी पौडेल बेपत्ता भएका छन् । ३६ करोडमा निर्माणसम्पन्न गर्ने भनेर सुरु गरिएको तीन मेगावाटको भैरवकुण्ड हाइड्रोपावरको भूकम्प, नाकाबन्दी, बाढी तथा कोरोनाका कारण लागत बढेर ८० करोड पुगेको थियो । २०६४ मा निर्माण सुरु गरेर २०७२ मा उत्पादन सुरु भएपछि भूकम्पले क्षति पु¥याउँदा उत्पादन बन्द गर्नुपरेको थियो भने त्यसयता बन्द हुँदै खुल्दै आएको छ ।

हाइड्रोपावरमा लगानी गर्ने भन्दै हाइड्रोपावरको काम हुँदाहुँदै जोडिएका सीईओ भण्डारीले लगानी गरेसँगै अध्यक्ष हुनको लागि संस्थामा राजनीति गर्न थालेका थिए । संस्थाको अध्यक्ष हुन भण्डारीले यतिसम्म गरे कि बरु हाइड्रोपावरको काम बन्द होस् तर आफूलाई अध्यक्ष चाहियो समेत भनेर तत्कालीन अध्यक्ष अमृत खड्कासँग प्रतिस्पर्धा गरेका थिए ।

हाइड्रोमा हालेको पैसा आफ्नो नभई लालीगुराँस सहकारीको भएको र हाइड्रोपावर बन्द भएर पैसा डुबे पनि सहकारीका बचतकर्ताको डुब्ने भन्दै अध्यक्षको लागि लडाइँ गरेका सीईओ सुरेन्द्र भण्डारीले आफूले हाइड्रोमा मात्र लगानी गरेको नभई संस्थाको पैसा जग्गामा समेत लगानी गरेको र यता डुबे पनि त्यताबाट उठाउने भन्ने गरेको स्रोतले बतायो ।

सीईओ भण्डारीले लालीगुराँस सहकारीको लगानी डुबे पनि डुबोस् भन्दै हिँडेको विषयमा कुरा गर्न सहकारीका सीईओ भण्डारीलाई समाचारको विषयमा कुरा गर्न आवश्यक परेकोले फोन उठाउन भन्दै आर्थिक दैनिकका प्रतिनिधिले गरेको मेसेज तथा फोनको उनले कुनै जवाफ समेत दिएनन् ।

लालीगुराँस सहकारीका सीईओ भण्डारीले यसअघि पनि विभिन्न सहायक कम्पनीहरुबाट करोडौँ राजस्व छली गर्ने गरेको आर्थिक दैनिकले समाचार प्रकाशित गरेको थियो । उनले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रिसा इन्भेष्टमेन्ट, जय लालीगुराँस इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ सेन्टर, लालीगुराँस प्रोफेसनल लर्निङ सेन्टर, स्वागत इन्भेष्टमेन्टलगायत दर्जनौँ कम्पनीबाट करोडौँ राजस्व छली गरेको आरोप लागेको छ । यद्यपि उनले ती आरोपको खण्डन गर्दै आएका छन् ।

लालीगुराँस सहकारीलाई आफ्नो प्राइभेट कम्पनीजसरी चलाएको आरोप लागेका भण्डारी सहकारीमा आर्थिक समस्या आएसँगै सहकारीको पैसा हिनामिना गरेर भाग्न लागेको समेत चर्चा भएको थियो । तर, ती सबै चर्चाको उनले पटक–पटक खण्डन गर्दै आएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया