Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारलिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार सुरु

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार सुरु


पोखरा । पोखरामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको कारोबार सुरु भएको छ । कम्पनीले बीमा समितिबाट सञ्चालनको स्वीकृति प्राप्त गरेपश्चात् पोखरामा केन्द्रीय कार्यालय स्थापना गरेर शुक्रबारदेखि कारोबार सुरु गरेको हो ।

संस्थाको प्रधान कार्यालय पोखराको न्यूरोडमा रहेको छ । कार्यालय शुभारम्भ गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ठूला बीमा कम्पनीलाई मर्जरको नीति लिएर माइक्रो कम्पनीलाई स्वीकृति दिइएको बताए । यसले ग्रामिण क्षेत्र र तल्लो वर्गका नागरिक बीमा योजनामा जोडिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘जो गरिब छ उसलाई बीमाको आवश्यकता पर्छ । साना बीमा कम्पनी नहुँदा गरिब तल्लो सीमान्तकृत वर्गले सेवा लिन सकेका थिएनन् ।’ सिलवालले बीमा कम्पनीहरुको विश्वास अहिले घटेको भन्दै बीमितलाई भुक्तानी दिनुपर्ने रकमलाई छिटो छरितो बनाउन सुझाव दिए ।

कम्पनीको चुक्ता पुँजी संस्थापक र सर्वसाधारणको गरी एक अर्ब रुपैयाँ छ । कम्पनीले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा रहेको कम्पनीका कार्यकारी अधिकृत रामकुमार यादवले जानकारी दिए ।

बीमा योजनामा न्यूनतम १८ देखि ६० वर्षसम्म उमेर समूहका व्यक्ति सहभागी हुन पाउने छन् । न्यूनतम् २५ हजारदेखि पाँच लाखसम्म बीमाङ्कन रकमको कम्पनीले योजना सार्वजनिक गरेको छ । अनलाइन माध्यमबाट सजिलो र छिटो तरिकाले बीमालेख खरिद तथा दाबी भुक्तान गर्न सकिने कार्यकारी अधिकृत यादवले बताए ।


क्याटेगोरी : बीमा बजार

तपाईको प्रतिक्रिया