Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क रकम घट्यो

बीमा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क रकम घट्यो


काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा कुल २२ अर्ब ५६ करोड २८ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र तीनवटा लघु निर्जीवन बीमा कम्पनीसहितका १७ वटा कम्पनीहरूले १७ लाख दुई हजार नौ सय ८७ वटा बीमालेख जारी गरी उक्त परिणामको बीमाशुल्क आर्जन गरेका हुन् ।

बीमा कम्पनीहरूले आर्जन गरेको कुल बीमाशुल्क रकम गत आवको सोही अवधिको तुलनामा दुई दशमलव ६० प्रतिशतले कम हो । प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले १६ लाख ३६ हजार दुई सय ८४ वटा बीमालेख जारी गरी २३ अर्ब छ करोड २८ लाख ८२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । चालू आवको माघ मसान्तसम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख १४ हजार छ सय ८८ वटा बीमालेख जारी गरी ८७ करोड ३७ लाख २४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणको भनाइ छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्सले भने २४ हजार तीन सय ६७ वटा बीमालेख जारी गरी ९३ करोड ७० लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

चालू आवको माघ मसान्तसम्ममा राष्ट्रिय बीमा कम्पनीले भने एक लाख १२ हजार नौ सय २६ वटा बीमालेख जारी गरी ८७ करोड ३४ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले भने २० हजार पाँच सय ५५ वटा बीमालेख जारी गरी ६९ करोड ४४ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा नेको इन्स्योरेन्स कम्पनीले एक लाख ७९ हजार दुई सय ३४ वटा बीमालेख जारी गरी एक अर्ब ८७ करोड ४१ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्सले भने चालू आवको माघ मसान्तसम्ममा ७० हजार छ सय ६३ वटा बीमालेख जारी गरी एक अर्ब आठ करोड ४९ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी शिखर इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ७८ हजार नौ सय १२ वटा बीमालेख जारी गरी दुई अर्ब ८९ करोड ५६ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी चालू आवको माघ मसान्तसम्ममा एक लाख १६ हजार दुई सय २६ वटा बीमालेख जारी गरी एक अर्ब ४३ करोड ५० लाख २२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले पछिल्लो अवधिमा एक लाख ४५ हजार चार सय २९ वटा बीमालेख जारी गरी एक अर्ब ८६ करोड ८७ लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले ९१ हजार चार सय २३ वटा बीमालेख जारी गरी एक अर्ब ३४ करोड ९२ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ७८ हजार नौ सय ३४ वटा बीमालेख जारी गरी दुई अर्ब २६ करोड ८८ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एक लाख ७२ हजार चार सय ७४ वटा बीमालेख जारी गरी दुई अर्ब ६७ करोड २१ लाख ४० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भने चालू आवको पछिल्लो अवधिमा एक लाख ४१ हजार नौ सय २१ वटा बीमालेख जारी गरी एक अर्ब ९३ करोड ९५ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चालू आवको पछिल्लो अवधिमा एक लाख २३ हजार चार सय ५४ वटा बीमालेख जारी गरी एक अर्ब ५२ करोड ३२ लाख ३१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यीबाहेक लघुबीमातर्फ भने पछिल्लो अवधिमा ३१ हजार आठ सय ८१ वटा बीमालेख जारी भएकोमा सात करोड पाँच लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले २० हजार दुई सय ९२ वटा बीमालेख गरी तीन करोड ६५ लाख १८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाँच हजार आठ सय ७३ वटा बीमालेख जारी गरी दुई करोड ३२ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रोफाइनान्सले पनि पछिल्लो अवधिमा पाँच हजार सात सय १६ वटा बीमालेख जारी गरी एक करोड सात लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया