Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजार१७ बीमा कम्पनीले उठाए साढे ९८ अर्ब बीमाशुल्क

१७ बीमा कम्पनीले उठाए साढे ९८ अर्ब बीमाशुल्क


काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सक्रिय रहेको जीवन बीमालेखको संख्या एक करोड ३८ लाख सात हजार दुई सय ४९ छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र तीनवटा लघु जीवन बीमा कम्पनीमा सो संख्यामा जीवन बीमालेख सक्रिय रहेको छ । सबै बीमालेखबाट कम्पनीहरुले यस आर्थिक वर्षको फागुनसम्म ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार चालू आवको फागुन मसान्तसम्ममा १४ वटा ठूला बीमा कम्पनीहरुले एक करोड ३७ लाख ८० हजार दुईवटा सक्रिय जीवन बीमालेखबाट कुल ९८ अर्ब ५३ करोड १६ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । तीनवटा लघु जीवन बीमा कम्पनीहरुले भने २७ हजार दुई सय ४७ वटा बीमालेखबाट पाँच करोड ८९ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा ठूला जीवन बीमा कम्पनीहरुतर्फ राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ७० हजार तीन सय १८ वटा सक्रिय जीवन बीमालेखमार्फत पाँच अर्ब २३ करोड सात लाख ८६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १५ लाख ९५ हजार चार सय ५२ वटा बीमालेखमार्फत ११ अर्ब ५६ करोड १८ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा १२ लाख ९३ हजार दुई सय ६० वटा सक्रिय जीवन बीमालेखमार्फत २६ अर्ब ३० करोड ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले छ लाख ८६ हजार तीन सय ९७ वटा जीवन बीमालेखमार्फत ११ अर्ब ५७ करोड ७९ लाख २९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

मेटलाइफ इन्स्योरेन्सले पनि आठ लाख ५३ हजार चार सय ४६ वटा सक्रिय जीवन बीमालेखमार्फत कुल तीन अर्ब ६३ करोड ३७ लाख सात हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले भने पछिल्लो अवधिमा छ लाख ४६ हजार पाँच सय ८० वटा सक्रिय जीवन बीमालेखमार्फत पाँच अर्ब १५ करोड ८७ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार लाख ४९ हजार छ सय ७१ वटा बीमालेखमार्फत दुई अर्ब ८२ करोड ६५ लाख ४० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रिलायवल नेपाल लाइफ इन्स्योरन्स कम्पनीले पनि ३१ लाख ८७ हजार एक सय आठवटा सक्रिय जीवन बीमालेखमार्फत दुई अर्ब ६३ करोड २१ लाख ५० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा सिटिजन लाइफले १२ लाख २७ हजार आठ सय तीनवटा बीमालेखको बिक्रीमार्फत तीन अर्ब ७२ करोड ८३ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा सूर्यज्योति लाइफले नौ लाख ५८ हजार छ सय ८५ वटा बीमालेखमार्फत पाँच अर्ब ७० करोड ८२ लाख ३० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले पनि पछिल्लो अवधिमा आठ लाख ९१ हजार तीन सय ६३ वटा बीमालेख जारी गरी तीन अर्ब ८० करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले तीन लाख ८८ हजार आठ सय ८७ वटा बीमालेखमार्फत ११ अर्ब १८ करोड दुई लाख छ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रभु महालक्ष्मी लाइफले पनि चालू आर्थिक वर्षको पछिल्लो अवधिमा एक लाख ६७ हजार नौ सय ७१ वटा सक्रिय जीवन बीमालेखमार्फत दुई अर्ब ७१ करोड ८३ लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सन् नेपाल लाइफ इन्स्योरेनस कम्पनीले आठ लाख ६२ हजार आठ सय दुईवटा बीमालेखको बिक्री गरी दुई अर्ब ४७ करोड १० लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

लघु जीवन बीमातर्फ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नौ हजार चार सय १२ वटा बीमालेख जारी गरी एक करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने क्रेष्ट माइक्रो लाइफले १६ हजार ४८ वटा बीमालेखमार्फत तीन करोड ६१ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी लिवर्टी माइक्रो लाइफले भने एक हजार सात सय ८७ वटा बीमलेख जारी गरी ६९ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया