Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारएक महिनामा ६७ हजार वैदेशिक रोजगारी बीमालेख जारी

एक महिनामा ६७ हजार वैदेशिक रोजगारी बीमालेख जारी


काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरूले ६७ हजारभन्दा बढी वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको फागुन महिनामा मात्रै ६७ हजार पाँच सय ४५ वटा वैदेशिक रोजगार बीमालेख जारी गरी २८ करोड २६ लाख ६८ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

चालू आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको संख्या २० लाख नौ हजार तीन सय ५१ छ । यसबाट कुल बीमा शुल्क एक अर्ब ९९ करोड ९६ लाख ५६ हजार रूपैयाँ आर्जन भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार यस आर्थिक वर्षको फागुनसम्म नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा ७४ हजार ७६ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय रहेकोमा १७ करोड ५१ लाख ७९ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा चार लाख १० हजार चार सय ९५ वटा सक्रिय वैदेशिक रोजगार बीमालेख रहेकोमा ४३ करोड ५३ लाख ४४ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा ५२ हजार एक सय ४५ वटा सक्रिय वैदेशिक रोजगार बीमालेख रहेकोमा १८ करोड ८५ लाख ६९ हजार रूपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्म एक लाख ६५ हजार चार सयवटा वैदेशिक रोजगार बीमालेख जारी गरी २२ करोड ६४ लाख ९१ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय वैदेशिक रोजगार बीमालेखको संख्या सात लाख ३४ हजार एक सय ५५ छ भने कुल बीमाशुल्क रकम ४९ करोड ८१ लाख ३० हजार रूपैयाँ छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको कुल संख्या ६८ हजार पाँच सय आठ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम ११ करोड ८४ लाख ६७ हजार रूपैयाँ छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको संख्या एक लाख २१ हजार एक सय ९० वटा रहेकोमा बीमाशुल्क आर्जन रकम सात करोड ४४ लाख ६१ हजार रूपैयाँ छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको संख्या दुई लाख ८१ हजार ५४ छ भने बीमाशुल्क आर्जन रकम १४ करोड २४ लाख ४९ हजार रूपैयाँ छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार बीमालेखको संख्या ९७ हजार सातवटा छ भने कम्पनीले १३ करोड ८८ लाख २३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि पाँच हजार तीन सय २१ वैदेशिक रोजगार बीमालेख जारी गरी १६ लाख ६३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया