Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउन जेठ ३२ सम्म

लकडाउन जेठ ३२ सम्म


काठमाडौं, जेठ १८
सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन ०७६ चैत ११ देखि लागू गर्दै आएको लकडाउन यही जेठ ३२ गतेसम्म लम्ब्याएको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । पछिल्लोपटक थपिएको लकडाउनको समय यही जेठ २० राति १२ बजे सकिँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म लकडाउन थप्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ ।

सरकारले सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गर्ने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्न/गराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय समेत गरेको मन्त्री खतिवडाले जानकारी दिए । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने उनले बताए । यसैबीच, शनिबार बसेको सुरक्षा परिषद्को बैठकमा अन्तर्राष्ट्रिय सीमा विवाद तथा कोभिड–१९ सँग सम्बन्धित अन्तर्राष्ट्रिय जोखिम र चुनौती सम्बोधन गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

उनले भने, ‘खासगरी अहिले सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ ।’ त्यस्तै, विदेशबाट फर्काइनलागेका नागरिकको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि बैठकले निर्णय गरेको छ । यसबाहेक कोरोना संक्रमण बढी भएका स्थानमा पनि सेना परिचालन गरिने भएको छ । नेपालको तराई क्षेत्रमा कोरोना संक्रमण धेरै देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया