Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्तीय क्षेत्रको कर्जा लगानी ३१ खर्ब रूपैयाँ नाघ्यो

वित्तीय क्षेत्रको कर्जा लगानी ३१ खर्ब रूपैयाँ नाघ्यो


काठमाण्डौँ,फागुन १९

बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल कर्जा लगानी बढेर चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ३१ खर्ब ६१ अर्ब ३५ करोड १० लाख रूपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुुसार बैंकिङ क्षेत्रको यो कर्जा लगानी गत आवको सोही अवधिको तुुलनामा झण्डै चार खर्ब रूपैयाँले बढी हो । गत आवको छ महिनाको अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरूको कुुल कर्जा लगानी २७ खर्ब ३९ अर्ब ७७ करोड ५६ लाख ८० हजार रूपैयाँ रहेको थियो । चालू आवको पछिल्लो छ महिनामा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २४ वटा विकास बैंक एवं २२ वटा फाइनान्स कम्पनीसहितका ७३ वटा संस्थाहरूले संकलन गरेको कुुल निक्षेप रकम ३५ खर्ब ६० अर्ब ५४ करोड ३० लाख रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको यस्तो निक्षेप ३० खर्ब ६६ अर्ब एक करोड ७६ लाख १० हजार रूपैयाँ रहेको थियो ।राष्ट्र बैंकका अनुुसार चालू आवको छ महिनामा वाणिज्य बैंकहरूको मात्र कर्जा लगानी भने २७ खर्ब ३५ अर्ब २९ करोड ८० लाख रूपैयाँ पुुगेको छ । यस अवधिमा बैंकको कुुल निक्षेप ३० खर्ब ६२ अर्ब २१ करोड ३० लाख रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको कुुल निक्षेप तथा कर्जा रकम क्रमशः २६ खर्ब ५६ अर्ब ९३ करोड ६५ लाख ३० हजार एवं २३ खर्ब ७३ अर्ब २४ करोड ८८ लाख ८० हजार रूपैयाँ रहेको छ ।

चालू आवको छ महिनामा विकास बैंकहरूको कुुल कर्जा रकम भने तीन खर्ब ५५ अर्ब ९४ करोड ९० लाख रूपैयाँ रहेको छ । यस अवधिमा बिकास बैंकहरूले चार खर्ब १६ अर्ब आठ करोड ६० लाख रूपैयाँ निक्षेप संकलन गरेकाछन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरूले तीन खर्ब ४१ अर्ब ५० करोड ६२ लाख २० हजार रूपैयाँ निक्षेप संकलन गरी तीन खर्ब तीन अर्ब ५३ करोड ३७ लाख ८० हजार रूपैयाँ कर्जा प्रवाह गरेकाछन् ।गत आवको छ महिनाको तुुलनामा चालू आवको छ महिनामा फाइनान्स कम्पनीहरूको पनि कर्जा लगानी बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको छ महिनामा फाइनान्सहरूले ८२ अर्ब २४ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६२ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेकाछन् । गत आवको सोही अवधिमा भने फाइनान्सहरूले ६७ अर्ब ५७ करोड ४८ लाख ६० हजार रूपैयाँ निक्षेप संंकलन गरी ६२ अर्ब ९९ करोड ३० लाख दुुई हजार रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया