Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली पश्मिनाको गुणस्तर परीक्षणमा मंगोलियाले सहयोग गर्ने

नेपाली पश्मिनाको गुणस्तर परीक्षणमा मंगोलियाले सहयोग गर्ने


काठमाडौं । नेपाली व्यवसायी र मंगोलियाली अधिकारीहरूबीच नेपालमा पश्मिना र ऊनको गुणस्तर परीक्षण गर्नेसम्बन्धी समझदारी भएको छ । नेपाल र मंगोलियाबीच ऊन उत्पादन, गुणस्तर परीक्षण र निर्यात प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमति भएको हो ।

नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एन्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इन्डस्ट्रीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा संघको तर्फबाट अध्यक्ष विजय दुगर र इन्डस्ट्रीका तर्फबाट निर्देशक तुर्मुन्ख तोन्मिदले हस्ताक्षर गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । समझदारीपछि नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो, अर्ध प्रशोधित भुवा तथा ऊनबाट बनेका उत्पादनको नमुनालाई इन्डस्ट्रीमा गुणस्तर परीक्षण तथा विश्लेषण गर्न पाइने छ । ंहस्ताक्षर भएको दिनदेखि लागू भएको यो सहमतिको अवधि पाँच वर्षको हुने बताइएको छ । मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योग मन्त्रालयका राज्य सचिव जम्बाल्ट्सेरेन तुमुर–उयाको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले मंगोलियाको उलानबाटोरमा जारी वल्र्ड एक्सपोर्ट डेभलपमेन्ट फोरम, २०२३ को आयोजना गरेको छ । सो फोरममा सहभागी हुन नेपाली सरकारी उच्च अधिकारी तथा निजी क्षेत्र सम्मिलित प्रतिनिधमण्डल पनि मंगोलिया गएको छ । चारदिने उक्त सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रको व्यावसायिक आवाज, व्यवसायीबीचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तनसहित डिजिटल रूपान्तरणलगायतका विषयमा छलफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया