Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयुवा उद्यमीलाई प्रशिक्षण

युवा उद्यमीलाई प्रशिक्षण


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय व्यापार पहुँच एवम् भन्सार प्रक्रियाबारे युवा उद्यमीलाई प्रशिक्षण दिएको छ । विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यातजन्य वस्तुको हार्मोनिक कोडलगायतका प्राविधिक विषयमा चेम्बरले करिब ५० जना युवा उद्यमीलाई प्रशिक्षण दिएको हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा चेम्बरले चार दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले युवा उद्यमीलाई निर्यात प्रवर्द्धनमा सहयोग पु¥याउनका लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिए । मुलुकभित्र रहेका प्राकृतिक स्रोतको उच्चतम प्रयोग गरेर निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा कम गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । उनले भने, ‘आयात र निर्यातबीचको असन्तुलनका कारण व्यापार घाटा नौ गुणासम्मले वृद्धि भएको छ । आन्तरिक उत्पादन वृद्धि गरेर निर्यात प्रवद्र्धनका लागि युवा उद्यमीलाई आर्कषित गराउन आवश्यक छ ।’

मुलुकभित्र प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गरेर वस्तुहरू उत्पादन एवम् निर्यात प्रवर्द्धनका लागि चेम्बरले आफ्नो लोगो उपलब्ध गराउनेसमेत अध्यक्ष मल्लले प्रतिबद्धता जनाए । निर्यात अभिवृद्धिका लागि भन्सार सहजीकरण एवम् मुख्य नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब स्थापना गर्नुपर्ने अध्यक्ष मल्लले बताए । निर्यात प्रवर्द्धनका लागि उत्पादिन वस्तुको प्याकेजिङ र ब्राण्डिङमा समेत चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लले बताए । अन्तर्राष्ट्रिय व्यापार पछिल्लो समय डिजिटलयुक्त बन्दै गएकाले अनलाइन डेलिभरीलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ । भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेज गरिनुपर्नेमा उनले जोड दिए । चेम्बरले व्यापार सहजीकरणका लागि प्रत्येक वर्ष युवा उद्यमी लक्षित विभिन्न कार्यक्रम गर्ने उनले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया