Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमधेश प्रदेशमा टेलिकमको गुणस्तरीय सेवा विस्तारका बारेमा छलफल

मधेश प्रदेशमा टेलिकमको गुणस्तरीय सेवा विस्तारका बारेमा छलफल


काठमाडौं । नेपाल टेलिकमले मधेश प्रदेशमा गुणस्तरीय सेवा विस्तारका बारेमा छलफल गरेको छ । टेलिकमले जनकपुरधाम र सिमरामा मधेश प्रदेशमा टेलिकमको सेवा विस्तारलगायतका विषयमा संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरूसँग छलफल गरेको हो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरेकी थिइन् । यसका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका उनले निर्देशन दिएकी छन् । यस्तै, मधेश प्रदेशका पर्यटनमन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पु¥याउनुपर्छ भन्ने मान्यता जनतामा रहेकाले यसका लागि छिटो छरितोरूपमा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताए । मधेश प्रदेशका राजमार्गलगायतका स्थानमा टावरलगायतका संरचना निर्माणमा समन्वय गर्न जनप्रतिनिधिको भूमिका हुने उल्लेख गरे ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्ने बताइन् । मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको उनले जानकारी दिइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया