सेरेस मिनी ईभीको स्पेसिफिकेसन सार्वजनिक
काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले सेरेस मिनी ईभीको स्पेसिफिकेसन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार सेरेस मिनी ईभी विशेष डिजाइन प्रयोग गरी बनाइएको छ, जुन विद्युतीय स्केटबोर्डजस्तै रहेको कम्पनीले जनाएको छ । यो डिजाइनले मिनी ईभीलाई प्रशस्त र स्मार्ट इन्टेरियर बनाउन खोजिएको छ ।
यस्तै, प्रयोगकर्तालाई सुरक्षित राख्न यसमा १७ बलियो प्यानलहरू जडान गरिएको छ । यसका साथसाथै ३९ कठीन परीक्षणहरू पार गरी गाडी र ब्याट्री दुवै सुरक्षित रहेको कम्पनीको दाबी छ । यस मिनी ईभीमा १६ दशमलव आठ र १३ दशमलव आठ किलोहर्ज लि–आयन ब्याट्री विकल्पहरू पाउनुका साथसाथै गाडीले १८० किमीदेखि २२० किमीको रेन्ज प्रदान गर्छ । गाडीमा जडान गरिएको वाएरलेस एन्ड्रोइड अटो र एप्पल कार प्लेले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ । गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि दुई वटा ड्राइभ मोड प्रदान गरेको छ । साथै, रिजेनेरेटिभ ब्रेकिङको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
साथै, यस गाडीमा फ्रन्ट एयर ब्याग, एबीएस प्लस ईबीडी, हिल स्टप/स्टार्ट, अटो होल्ड, पार्किङ ब्रेक, सिट बेल्ट, पार्किङ केमेरा र सेन्सर, टीपीएमएस तथा आईएसओफिक्स चाइल्ड सिटका साथसाथै आठ दशमलव आठ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टमको राम्रो व्यवस्था गरिएको छ । कम्पनीका अनुसार यस मिनी ईभी प्रशस्त र स्मार्ट इन्टेरियर बनाउनमा ध्यान केन्द्रित गरी इलेक्ट्रिक स्केटबोर्ड फ्रेमवर्कमा बनाइएको छ । मिनी ईभीले अतिरिक्त लेगरूम र हेडरूमका साथ आरामदायी फराकिलो अनुभव प्रदान गर्छ । घुमाउरो बडी डिजाइनले यसको बाहिरी भागमा एरोडायनामिक र स्टाइलिस उपस्थिति दिन्छ भने रियर–भ्यू मिररहरू फ्लोटिङ ढाँचाको साथ उत्कृष्ट देखिन्छन् ।
यस मिनी ईभीमा सहरी ड्राइभिङ अनुभवलाई रमाइलो बनाउन स्मार्ट प्रविधिले भरिएको छ । साथै, मिनी ईभीमा आठ दशमलव आठ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ । यो सँगसँगै यस गाडीमा सात इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ । जसमा गाडीको थप विवरणहरू देखाउने गर्छ । जसले प्रयोगकर्तालाई आरामदायिक र अन्तत्र्रिmयात्मक अनुभव प्रदान गर्छ । यस मिनी ईभीको अर्को विशेषता भनेको स्मार्ट–कि पनि हो । यस्तै, सेरेस मिनी ईभीले प्रतिएक हजार किलोमिटर एक हजार रुपैयाँको चार्जिङ लागत प्रदान गर्छ । नेपालमा सेरेस मिनी ईभीको लन्चसँगै नेपाली ग्राहकले एउटा उत्कृष्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया