जेडी पावरको २०२३ अपिल अध्ययनमा चेरीको टिग्गो सिरिज पहिलो स्थानमा
काठमाडौं । जेडी पावरले आफ्नो २०२३ अपिल अध्ययन प्रकाशित गरेको छ । सो अध्ययनमा चेरीको टिग्गो सिरिजको मध्यम आकारका किफायती ‘एसयूभी’मा टिग्गो ७ पहिलो स्थानमा र मध्यम आकारका एसयूभी’मा चै टिग्गो ८ पहिलो स्थान जित्न सफल भएको उल्लेख छ ।
साथै, चेरी चर्चित अवार्डबाट सम्मानित समेत भएको बताइएको छ । यसले ग्राहकमा बढ्दै गइरहेको लोकप्रियतालाई झन् नयाँ उचाइमा पु-याउने उल्लेख छ । नियमितरूपमा अनुसन्धान प्रतिवेदन प्रकाशन गर्दै आइरहेको जेडी पावर अहिले चिनियाँ बजारमा पनि स्थान ओगट्न थालेको छ । २१ औँ वर्षमा आइपुग्दा कम्पनीको अपिल अध्ययनले जुन २०२२ देखि मार्च २०२३ सम्म किनिएका ३५ हजार एक सय ५५ इन्धन गाडीलाई आफ्नो अध्ययनमा समेटेका छन् । यस अनुसन्धानमा २०२२ डिसेम्बरदेखि २०२३ मेसम्म ८१ मुख्य चिनियाँ सहरमा फरकफरक ४८ ब्रान्डका २३० मोडेलहरू सामेल गरिएको थियो ।
२०२३ मा चीनको इन्धन यातायात उद्योगले ७३८ अंक वृद्धिसँगै अहिलेसम्मकै उच्च सूचकाङ्क छोएको छ, जुन अघिल्लो वर्षभन्दा ८ अंकको सुधार हो । यसले उपभोक्ताको गाडी खरिदको निर्णयमा उत्पादन अपिलको बढ्दो महत्वलाई जोड दिन्छ । विशेषगरी उत्पादन डिजाइनले गाडी परिवर्तन गर्नेमा ३७ प्रतिशत र पहिलो पटक खरिद गर्नेमा ३३ प्रतिशत रहेको पाइएको छ । प्रतिवेदनअनुसार चेरीको टिगो विश्वव्यापी एसयूभी बजार खण्डमा एक शक्तिको रूपमा उभिएको उल्लेख छ । यी मोडेलहरूले शक्ति, लोकप्रियता र विश्वव्यापी प्रतिस्पर्धाको प्रतिनिधित्व गर्दै, २०२३ अपिल अध्ययनमा शीर्ष स्थानहरू सुरक्षित गरेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक
- मूल्यवृद्धिविरुद्ध सांसदद्वारा सरकारको ध्यानाकर्षण
- बझाङमा आधा घन्टापछि झन ठूलो भूकम्प
- आरजुलाई २ करोड दिएको अडियो सार्बजनिक गरेपछि फिदिम नगर सभापति गुरुङमाथि कांग्रेसको दण्ड १ के हो २ करोड काण्ड ?
- निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रकृयामा आधारभूत सुधारको खाँचो: डा. उप्रेती
- १९ सय ५८ बिन्दुमा खुम्चियो सेयर बजार, सबै सुचक रातै
- बझाङमा ५.३ रेक्टरको भूकम्प
- व्यक्तिहत्याका रिगलको कैद सजाय माफीविरुद्ध रिट
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया