भेस्पा-अप्रिलाको नयाँ सोरुम टेकुमा
काठमाडौं । भेस्पा/अप्रिलाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले आफ्नो नयाँ सोरुम टेकुमा सञ्चालनमा ल्याएको छ ।
डेल्टा अटोकर्पका अध्यक्ष पुल्कित भिमसरिया, निर्देशकद्वय विवेक सिकारीया र केतन भिमसरिया र प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले संयुक्तरूपमा सो सोरुमको उद्घाटन गरेका थिए । कम्पनीले सोमबारबाट नै टेकु सोरुम सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत महतोले आफ्ना ग्राहकलाई सरल गराउन विभिन्न ठाउँमा आफ्नो सोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी दिए । उनका अनुसार कम्पनीले नयाँ मोडल पनि बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले भदौ २६ बाट हुने नाडा अटो सोमा अप्रिलिया एस आर १६० बिएस ६ स्कुटर सार्वजनिक गर्ने तयारी गरेको महतोले जानकारी दिए । डेल्टा अटोकर्पले आफ्नो सेवाहरू नेपालको विभिन्न ठाउँहरूमा सञ्चालन गरिरहेको जनाएको छ । यस्तै, कम्पनीले आगामी दिनमा विभिन्न राइडहरूका साथै सर्भिस क्याम्पहरू पनि सञ्चालन गर्ने बताएको छ । कम्पनीका सोरुमहरू काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा र उपत्यकाबाहिर ५० भन्दा बढी ठाउँमा रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया