‘दराज लाइक न्यु’को सुरुवात
काठमाडौं । अनलाइन मार्केट दराज नेपालले नयाँ उद्यम ‘दराज लाइक न्यु’ (डीएलएन) को सुरुवात गरेको छ । कम्पनीले हालै राजधानीस्थित हायात प्लेसमा एक कार्यक्रमको आयोजना गरी सो नयाँ उद्यमको घोषणा गरेको हो ।
बजारमा डीएलएनको परिचयले स्थानीय विक्रेतालाई सहयोग गर्ने मूल ध्येयका साथ यो नयाँ उद्यम सुरुवात गरेको दराजले जनाएको छ । दराजले यो प्लेटफार्मलाई प्रयोग गरिएका फोनहरू बिक्री गर्नका लागि प्रदान गर्ने बताइएको छ । यसले विक्रेतालाई उच्च गुणस्तर, मूल्य र मापदण्ड पूरा भएका फोनहरू किन्न सक्षम बनाउँछ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा ई–वेस्ट व्यवस्थापन अभियन्ता डा ज्योति गिरीले दराज र डीएलएनलाई ई–वेस्ट न्यूनीकरण गर्नको लागि गरिएको भूमिकाको लागि प्रशंसा गरेका थिए । त्यसैगरी डीएलएनको लागि दराज प्लेटफर्ममा विक्रेता तथा ‘सबको फोन’का संस्थापक उत्तम काफ्लेले प्रयोग भएका फोनको बिक्री वितरणमा ढाडस पुग्ने भन्दै प्लेटफार्म उपलब्ध गराएकोमा दराजप्रति आभार व्यक्त गरे ।
कम्पनीका अनुसार डीएलएनले प्रयोग गरिएको फोनहरू प्रदान गर्ने मात्र भन्दा पनि ग्राहकको लगानीमा पारदर्शिता प्रदान गर्नका लागि बिल पनि समावेश गर्नेछ । दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले किनमेलमा मात्र नभई समाजमा योगदान पु¥याउन पनि दराज सधैँ अगाडि रहेको बताइन् । ‘हामीले हाम्रो प्लेटफार्ममार्फत गुणस्तरीय प्रविधि धेरैभन्दा धेरै मानिसलाई पहुँचयोग्य बनाउँदै अव्यवस्थित बजारलाई व्यवस्थित गराउँदै दिगोपनलाई पनि सन्तुलनमा राख्ने लक्ष्य राखेका छौँ’, उनले भनिन् ।
दराज लाइक न्युले बजारमा नयाँ परिवर्तन, गुणस्तर र लाभदायी मूल्यमा सामान प्रदान गर्ने प्रण गरेको छ । यस पहलले ग्राहकलाई प्रयोग गरिएका फोनहरूको अवधारणा उजागर गराउँदै उनीहरू माझ यसप्रतिको विश्वास र सन्तुष्टि जगाउने बताइएको छ । यही पहलमार्फत दराज नेपालले टिच बजारमा गुणस्तरीय, किफायती र दिगो उन्नतितर्फ अग्रसर गराउने योजना तयार गरेको दाबी गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया